माडीकाे पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिकाे क्षेत्र भित्रका अभिभावक विहीन २२ जना विधार्थीहरु र एकल महिलाहरूलाई (विहीबार) सहयाेग एवं सम्मान गरिएकाे छ । विद्यार्थीहरूलाई नगद रु. १५ हजारका दरले एवं १० जना एकल महिलाहरुलाई सम्मान गरिएकाे हाे ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सि), सौराहाको आर्थिक सहयोगमा विगत बर्षहरुमा निर्माण गरिएको अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट नगद सहयाेग प्रदान गरिएकाे हाे ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, माडी नगरपालिका वडा नं १ र २ का वडा अध्यक्षहरु क्रमश: अमित लामा र दण्डपाणि पाैडेल लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पाँचपाण्डव उपभोक्ता समितिको समन्वयमा सम्पन्न भएकाे हाे । पारदर्शी अनलाइन डटकम #PRD810807