माडी नगरपालिका-१ पाण्डवनगरकी सरीता बाेटले विगत २० वर्षदेखि नमुना बाेटे हाेमस्टेलाइ निरन्तरता दिंदै आउनुभएकाे छ ।
२०६१ सालमा एउटा आफ्नाे घरकाे एउटा सानाे खरकाे झुपडिमा पाहुनाहरूलाई स्वागत गरेकाे स्मरण गर्दै उहाँले बिस्तारै हाेमस्टेकाे साेच अघि बढेकाे र त्यसलाई निरन्तरता दिएकाे बताउनुभयाे । हाल उहाँले ७ वटा काेठामा सिंगल बेडमा प्रति काेठा २/२ जना गरि १४ जना बस्न सक्ने क्षमताकाे पुर्याउनुभएकाे छ । बाेटे नमुना हाेमस्टे माडीकाे सबैभन्दा पुरानाे हाेमस्टे रहेकाे समेत उहाँ बताउनुहुन्छ ।
उमेरले ५० वर्ष पुग्नुभएकि उहाँ आँफूले माडीमा हाेमस्टे सुरू गर्दा माडी भित्रिने पाउनाहरू एकमात्र हाेमस्टे रहेकाेले खाेज्दै आइपुगेकाे सम्झनुभयाे । स्थानीय तहबाट विना अनुदान व्यक्तिगत लगानीमा सञ्चालन गर्नुभएकाे बाेटे नमुना हाेमस्टे पाण्डवनगरकाे सरीता बाेट हाेमस्टे नामले समेत परिचित छ । उहाँकाे हाेमस्टेमा कैलाली, काठमाडौं, कास्की लगायत छिमेकी जिल्लाहरूबाट समेत पाहुनाहरू आउने गरेका छन् ।
नमुना बाेटे (सरीता बाेट) हाेमस्टेमा बस्नकाे लागि नेपालीहरूकाे लागि रू. ६००/- र विदेशिकाे लागि रू. १,०००/- काे शुल्क लाग्नेछ भने बस्ने पाहुनाहरूले लाेकल कुखुरा, हाँस, लगायत जातिय परिकारकाे स्वाद लिन पाउनुहुनेछ ।
(नमुना बाेटे हाेमस्टेमा बस्नकाे लागि मा सम्पर्क गर्न सक्नुहुनेछ भने गुगल म्यापबाट समेत लाेकेसन पत्ता लगाउन सकिने व्यवस्था छ ।) #PRD810808