माडीकाे बघाैडा अस्पतालमा एड्स सङ्क्रमितहरूकाे लागि अब औषधि तथा उपचारकाे सेवा उपलब्ध हुने भएकाे छ ।
बघौडा अस्पतालमा एच. आई. भि. संक्रमितहरुले माडीबाट नै औषधि तथा उपचार पाउने गरी ए .आर. टी. सेन्टर को आज उद्घाटन भएकाे हाे ।
माडी नगापलिकाकाे नगर प्रमुख तारा कुमारी काजी महतोले साे ए. आर. टि. सेन्टरकाे उद्घाटन गर्नुभयाे । कार्यक्रममा माडी नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत शेष कान्त पैडेल, माडी-६ का वडाध्यक्ष दिपेन्द्रराज पौडेल, स्वास्थ शाखा प्रमुख राममणि घिमिरे र बघौडा अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेकाे थियाे ।
‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ आज डिसेम्बर १ मा विश्वभर ३७ औं एड्स दिवस मनाइएकाे हाे । हरेक वर्ष डिसेम्बर १ मा नेपाल लगाएत विश्वभरी एड्स दिवस मनाउने गरिन्छ। दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र सङ्घीय महासभाले गरेको हो ।
यसैबिच, दिवसकाे अवसरमा आज बघाैडा अस्पताल परिसरमा साँझ दिप प्रज्वलन समेत गरिएकाे छ । #PRD810816 पारदर्शी अनलाइन डटकम