समाजसेवी शंकर आचार्यले एक कार्यक्रमकाबीच विद्यार्थीलाई न्यानो टोपी बितरण गर्नुभएको छ ।
माडी ७ जगन्नाथपुरीमा रहेको बालकल्याण आधारभूत माध्यमिक बिद्यालय र देबेन्द्रपुरमा रहेको दक्षिण कालिका प्राथमिक विद्यालयलाई समाजसेवी आचार्यले सहयोग गर्नुभएको हो ।
बालकल्याण स्कुललाई ६९ र दक्षिण कालिका स्कुललाई ५८ वटा न्यानो टोपी बितरण गरिएको समाजसेवी शंकर आचार्यले जानकारी दिनुभयो ।
जाडो मौसमलाई मध्येनजर गर्दै विद्यार्थीका लागि न्यानो टोपी बितरण अभियानमा गैंडाकोट ५ निवासी बिनोद ज्ञवाली र इन्दिरा आचार्यको समेत महत्त्वपूर्ण भूमिका रहेको छ ।
समाजसेवी शंकर आचार्य माडी ७ देवेन्द्रपुरमा लामो समय बसोवास गरी अहिले हाल गैंडाकोट नगरपालिका वडा नं. ४ मा बस्दै आइरहनुभएको छ ।
आचार्य विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध हुनुहुन्छ । उहाँ बालकल्याण स्कुलको भू.पु. विद्यार्थी भएको नाताले सो बिद्यालयको उन्नयनमा समेत उहाँको अमुल्य योगदान रहँदै आएको छ । यसैगरी उहाँले माडीको धार्मिक तथा पर्यटन क्षेत्रको बिकासमा समेत बिशिष्ट योगदान पुराउदै आउनुभएको छ ।
मन्दिरका भौतिक संरचना निर्माणदेखि माडीमा पर्यटक भित्र्याउन समेत उहाँले योगदान दिदै आउनुभएको छ । यसअघि उहाँले शनि तथा कालिका मन्दिर र शिवालय मन्दिरका लागि समेत आर्थिक सहयोग गर्नुभएको थियो ।