विश्व हिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति चितवनले आज एक कार्यक्रमकाबीच बृहत धर्मसभा गर्ने निर्णय गरेको छ ।
Advertisement
विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष प्रेम गैरेको अध्यक्षतामा बसेको भेलाले सो निर्णय गरेको हो ।उक्त धर्मसभामा भजन किर्तन प्रतियोगिता र प्रसाद ग्रहण गरिने समितिले जनाएको छ ।
उक्त कार्यक्रम रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी मन्दिरमा आउँदो पौषको २० गते शनिबारका दिन कार्यक्रम गरिने समितिका अध्यक्ष गैरेले जानकारी दिनुभयो ।
सोदिन कार्यक्रमको प्रमुख आतिथ्यतामा सन्त समाजका अध्यक्ष, हरिहर सन्यास आश्रमका पिठाधिस अनन्त श्री विभुशित श्री १००८ स्वामी ज्ञानानन्द, सरस्वती माहाराजको रहने समितिले जनाएको छ ।