उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १५ औँ संस्करणको चितवन महोत्सव आज (विहीबार) देखि सुरु भएकाे छ ।
Advertisement
महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएकाे हाे । महोत्सवको उद्घाटन अघि विभिन्न स्थानहरूबाट महाेत्सव स्थलसम्म शोभा यात्रा र र्याली निकालिएकाे थियाे । नारायणगढस्थित नारायणी नदी किनारमा आजबाट सुरु भएकाे महोत्सव माघ १० गतेसम्म चल्ने छ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ ।
‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गरिएकाे महोत्सवमा यसपटक पर्यटन प्रवर्द्धनलाई जोड दिइँदैछ ।