माडीका ठाडा खाेलाहरू पुल, सडक कालाेपत्रे, निकुञ्जकाे चेकपाेष्टमा मिनाहा, माडीमा मालपाेत र इलाका प्रशासनकाे सुरूवात आँफुले नै गरेकाे पुर्वमन्त्री एवं संघिय सांसद बिक्रम पाण्डेले बताउनुभएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जकाे बाटाे छाेट्याउन राप्ती ध्रुबघाटमा पुल बनाउने, पुलकाे जिम्मा नेपाली सेनालाई दिने र कालाेपत्रे गर्ने याेजना रहेकाे बताउंदै पाण्डेले, ‘पदमा बसेर दाेहन गर्नेले चितवन राष्ट्रिय निकुञ्ज भित्रकाे धुलाम्य बाटाेकाे समस्या नबुझेकाे’ धारणा राख्नुभयाे ।
साथै, आफ्नाे कार्यकाल भित्र सम्पन्न गरेकाे उक्त याेजनालाई भाड्न र तुहाउन कसरत हुन थालेकाे उहाँकाे आराेप थियाे । यद्यपि जनताकाे काम गर्न आफू कहिल्यै पछि नहट्ने उहाँकाे जिकिर थियाे ।
माडीकाे बसन्तपुरमा आजबाट सुरू भएकाे २६ औं माडी गाेल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियाेगितामा प्रमुख अतिथिकाे रूपमा मन्तव्य राख्दै पाण्डेले साे कुरा बताउनुभएकाे हाे । #PRD8110061