वे ग्रुप नवलपुरले सहिद दिवसकाे अवसर पारि गैंडाकाेट-१ शिलान्यास चाेककाे पार्क क्षेत्रमा सरसफाइ गरेकाे छ । सहिद दिवसको अवसर पारेर वे ग्रुप नवलपुर गैंडाकोट शिलान्यास चोकको पार्कमा सरसफाई गरिएकाे उपसचिव मनिता मल्ल ठकुरीले जानकारी दिनुभयो ।
Advertisement
त्यस्तै, दिवसकै अवसरमा आज सांझ ५ बजे शहिदहरूकाे सम्पन्न सम्झनामा दिप प्रज्वलन गरिने अध्यक्ष अमृत पौडेले जनाउनु भयाे । कार्यक्रममा सहभागिका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि लगायत सम्पूर्णलाई अनुरोध गर्नुभएको छ।
सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो । नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ । राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ ।