चितवनमा आज एक कार्यक्रमकाबीच रोटरी क्लब र इन्ट्राक्त क्लब बैठक सम्पन्न भएको छ ।
रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सामाजिक तथा शैक्षिक व्यक्तित्वको सहभागीता थियो ।
अंकुरम,ग्रीनल्यान्ड,एसओएस ,चितवन बोर्डिङ ,बालकुमारी बोर्डिङका अध्यक्ष सचिब र शिक्षक प्रतिनिधिबिच शिक्षासंग सम्बन्धित विभिन्न विषयमा छ्लफल भएको हो ।
परिचयबाट सुरु भएको कार्यक्रममा सबै विद्यालयका इन्ट्रयाक्तर बिद्यार्थी र शिक्षक प्रतिनिधिहरूले आ आफ्नो क्लबले संचालन गरेका कार्यहरु र भाबी योजनाहरु प्रस्तुत गरेका थिए । रोटरी क्लब चितवनका निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारी ,उपाध्यक्ष गोपाल भट्टराईले रोटरीका कार्यक्रम र संयुक्त रुपमा गर्न सकिने गतिविधि बारे धारणा राख्नुभयो ।
यसैगरी रोटरी क्लब चितवनका अध्यक्ष शर्माले अध्ययनलाई प्राथमिकता दिदै आपसी सहयोगमा कार्यक्रमहरु गर्न, वृद्ध ,अशक्त र कमजोर ब्यक्ती र त्यससंग सम्बन्धित वृद्धाआश्रमहरुमा सहयोग गर्न,सामुदायिक विद्यालयका विद्यार्थीहरुलाइ स्टेसनरी सामग्री बितरण,खेलकुद कार्यक्रम, क्विज प्रतियोगिता, आर्ट प्रतियोगिता, सरसफाइ कार्यक्रम,सद्स्यहरुलाइ तालिमहरु दिने लगायतका करिब २० वटा सम्भाबित कार्यक्रमहरु गर्न सकिने बारे छलफल गरि निर्णय गरिएको जानकारी दिनु भयो ।
उक्त कार्यक्रमको सहजीकरण सहसचिव जनक ढकालले गर्नुभएको थियो ।