ग्रामोदय इङलिस स्कुल भरतपुर ५ रामबागले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भोलि मनाउदैछ ।
Advertisement
चितवन जिल्ला प्याब्सनका अध्यक्ष मदन पुरीद्वारा हुने उद्घाटन समारोहमा विद्यालयले आफ्नो वार्षिक प्रगति प्रतिबेदन समेत प्रस्तुत गर्नेछ ।
कार्यक्रममा उद्घाटन, मार्चपास र पि.टी, अभिभावक खेल, फुड फेस्टिबल, शैक्षिक प्रदर्शनी, पुरस्कार बितरण र विविध सांस्कृतिक कार्यक्रम समेत राखिएको विद्यालयका प्रधानाध्यापक यम बहादुर पौडेलले जानकारी दिनुभयो ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थिति जनाउन विद्यालयले सबैलाई आह्वान गरेको छ ।