मेघौलीमा भोलि शनिबार निशुल्क आँखा शिबिर संचालन हुने भएको छ । भरतपुर २७ स्थित पर्साढाप युवा क्लब र रेडक्रस सोसाइटी उपशाखा मेघौलीको आयोजनामा निशुल्क आँखा शिबिर हुन लागेको हो ।
Advertisement
बिहान ११ बजेदेखि सुरु हुने शिविरमा सयौंको उपस्थिति रहने पर्साढाप युवा क्लबका सचिव तीर्थराज सापकोटाले जानकारी दिनुभयो ।
शिविरमा आँखा, दाँत, सुगर ,प्रेसर आदिका बिरामीलेपनि सेवा लिन सक्ने आयोजकले जनाएको छ ।