पुष्पाञ्जली हस्पिटल र किड्स वल्ड मन्टेश्वरी भरतपुर १२ बीच सम्झौता भएको छ ।
सुविधा दिने लिने विषयमा दुई पक्षबीच आज सम्झौता भएको हो ।
पुष्पाञ्जली हस्पिटल र मन्टेश्वरीका संचालक, शिक्षक, विद्यार्थी र कर्मचारीका परिवारलाई अस्पतालको सबै सेवामा २५ प्रतिशतसम्म छुट सुविधा दिने गरि प्रबन्ध मिलाइएको छ ।
अस्पताल र मन्टेश्वरी पक्षका निर्देशक सुजनराज अधिकारी र निरु खतिवडा बीच हस्ताक्षर भएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा सामाजिक सेवा प्रमुख केदार सुबेदीले अस्पताल र सामाजिक उत्तरदायित्व प्रकाश पार्नुभएको थियो । यसैगरी निरु खतिवडाले मन्टेश्वरी र दोहोरो सेवा आदान प्रदान बारे धारणा राख्नुभयो । वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले गुणस्तरिय स्वास्थ्य सेवा सबै नागरिकको अधिकारका लागि जनता संग अस्पताल बारे प्रस्ट पार्नु भयो ।
मन्टेशवरीबाट प्रिन्सिपल साबित्री सुबेदी खनाल, सह प्रिन्सिपल एलिना थापा कार्की, बागमती श्रेष्ठ र पुष्पाञ्जली हस्पिटलका म्यानेजर ऋषिरमण खनाल, नर्सिंग सुपरभाईजर कविता खराल आईटिका प्रशेस भुषालको सहभागिता रहेको थियो ।