सुनिल मेडिकल हलले भरतपुर-१९, शारदानगर टाउनमा बृहत् निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
विभिन्न प्रकारका बिरामीहरुलाई सेवा दिने गरि मेडिकलले आज सो सेवा संचालन गरेको हो ।
बाथ, युरिक एसिड, सुगर प्रेसर, थाइराइड, महिलाहरुमा हुने पाठेघरको समस्या, क्षयरोग आदिका बिरामीलाई लक्षित गर्दै शिविर संचालन गरिएको एचए पब्लिक हेल्थ सुनिल ढकालले जानकारी दिनुभयो ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म भएको निशुल्क स्वास्थ्य शिविरमा १५० जनाले सो सेवा लिएको ढकालको भनाइ छ ।
२४ सै घण्टा विशेषज्ञ डाक्टर तथा अनुभवी पारामेडिक्स द्वारा ओपीडी सेवा, चौबीसै घण्टा फार्मेसी सेवा, माइनर अपरेशन सेवा, २४ घण्टा भिडियो एक्सरे सेवा, विरामी भर्ना सेवा, २४ सै घण्टा आकस्मिक सेवा, होम भिजिट सेवा, २४ सै घण्टा इसिजी सेवा, २४ सै घण्टा प्याथोलोजि सेवा सहित रगत, दिशा, पिसाब, खकार र विर्य परीक्षण गर्दै आइरहेको छ ।