माडी नगरपालिकामा अप्राविधिक तर्फ पाँचाै तहकाे (ना.सु सरह) प्रशासन तथा लेखा शाखामा ८ जना कर्मचारी माग गरिएकाे छ ।
प्रदेश लाेकसेवा आयाेग, बागमती प्रदेश, हेटौंडाले आज नव वर्ष २०८२ बैशाख १ गते (साेमबार) खुलाएकाे प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका (अप्राविधिक/प्राविधिक) सहायक पाँचौं तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन (सूचना नं
३२६/२०८१-८२) अनुसार माडीमा साे कर्मचारी माग गरिएकाे हाे । विज्ञापन अनुसार प्रशासनमा ६ जना, लेखा र वरिष्ठ लेखा परिक्षण सहायकमा १/१ जना माग गरिएकाे हाे ।
बागमती प्रदेश लाेकसेवा आयाेगले खुलाएकाे विज्ञापनमा पाँचाै तहकाे खुला पदमा कुल ११६ जना, लेखापालमा ३६ जना र वरिष्ठ लेखा परिक्षण सहायकमा ५ जना कर्मचारी माग गरिएकाे छ ।
परिक्षामा सम्मिलित हुन चाहने उम्मेद्वारहरूले बागमती प्रदेश लाेकसेवा आयाेगकाे वेबसाइट https://ppsconline.bagamati.gov.np मार्फत् आवेदन दिन सकिनेछ । वेबसाइट मार्फत मा
#PRD820101 #pscvacancy