• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, मङि्सर ०५, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

एमालेका केन्द्रीय नेता जिल्लामा

एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • ३. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ४. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ५. राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

  • ६. राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

  • ७. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • ८. सन्तोष परियारले छाडे रास्वपा

  • ९. एमालेका केन्द्रीय नेता जिल्लामा

  • १०. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

पाँच वर्षमा कञ्चनपुरका उखु किसानले एक अर्ब २८ करोड अनुदान पाए    


  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ रकम अनुदान पाएका छन् ।

    Advertisement

    कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखुको रु एक अर्ब २८ करोड ५३ लाख २१ हजार ६९४ अनुदान रकम किसानलाई भुक्तानी गरिएको हो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक कृष्णबहादुर धामीले कञ्चनपुरमा चिनी उद्योगमा क्रसिङ भएको उखुमध्ये रु दुई करोड ८१ लाख ८१ हजार रकम अनुदानका लागि माग नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय अनुदानका लागि आउने किसानको सङ्ख्यामा कमि हँुदै गएको छ ।”
    उहाँका अनुसार चिनी उद्योगले क्रसिङ गरेको उखुको परिमाण हेर्दा अनुदान माग नगर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा यहाँका १२८ किसानले अनुदान रकम लिएनन् ।

    त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा अनुदान नलिने किसानको सङ्ख्या १५३ पुग्यो भने आर्थिक वर्ष २०७८/७९मा ३७६ किसान अनुदान लिन आएनन् । आर्थिक वर्ष २०७९/८० मा २२६ किसानले अनुदानका लागि माग नगरेको उहाँले बताउनुभयो ।

    आर्थिक वर्ष २०८०/८१ मा अनुदानका लागि माग नगर्ने किसानको सङ्ख्या ७१७ पुगेको छ । उहाँका अनुसार पाँच वर्षमा २९ हजार ८४३ किसानले अनुदानका लागि आवेदन दिएका थिए । त्यसमध्ये २३ हजार ३०६ किसानले उखु बिक्री गरेको छ महिनाभित्रमा अनुदान रकम प्राप्त गरेका छन् भने छ हजार १०८ किसानले उखु बिक्री गरेको एक वर्षभित्रमा अनुदान रकम प्राप्त गरेका छन् । त्यसैगरी एक वर्षपछि ७० किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

    चार सय ४७ किसानको भने तीन वर्षदेखि रु एक करोड ५३ लाख अनुदान भुक्तानी हुन बाँकी छ । कार्यालयका अनुसार कञ्चनपुरमा १२ हजार ४४४ बिघाहा क्षेत्रफलमा उखुखेती हुने गरेको छ । उहाँले सरकारले किसानलाई प्रोत्साहनका लागि अनुदान रकम दिने गरेको भए पनि पछिल्लो समय अनुदान माग गर्ने किसान बढ्न थालेको बताउनुभयो ।

    “समयमै कृषक सम्बन्धित पालिकामा दर्ता नहुने र उखु कृषकको विवरण समयमै अनुदान भुक्तानी समितिले प्राप्त नगर्दा धेरै किसान अनुदानबाट बञ्चित भएका छन्”, प्रमुख कोष नियन्त्रक धामीले भन्नुभयो, “अनुदान वितरणमा ढिलाइ हुने र उखु किसानले अनुदानका लागि आवेदन नै नगरेको लगायतका विषयले अनुदान नलिने किसानको सङ्ख्या बढेको हो ।”

    प्रक्रियागत अल्झनका कारण अनुदान लिने किसानको सङ्ख्या घटेको बताइउको छ । “सरकारले समयमा अनुदानको रकम भुक्तानी गर्दैन”, उखु किसान हस्तबहादुर रावलले भन्नुभयो, “सरकारले दिने अनुदानको रकम दुरुपयोग भएको छ वास्तविक किसानले अनुदान पाएका छैनन् ।”

    उहाँले यहाँ खुला सीमानाका भएका कारण नेपाली चिनी उद्योगमा भारतबाट उखु आउने र यहाँका किसानले उखु बिक्री गर्न नपाउने अवस्था रहेको बताउनुभयो ।

    त्यसैगरी बेदकोट नगरपालिका–३ का ध्वजबहादुर धामीले तीन वर्षसम्म सरकारले उखुको अनुदान भुक्तानी नगरेको बताउनुभयो । “अनुदान त पाए २०७९ साल देखिको अनुदान अहिलेसम्म भुक्तानी भएको छैन”, उहाँले भन्नुभयो, “किसानले समयमा अनुदान रकम नपाउँदा खेती गर्न समस्या हुने गरेको छ ।”

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भारतबाट आउने उखु नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिने बताउनुभयो । “नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले अनुदान दिएको हो, यसको दुरुपयोग हुनु हँुदैन”, उहाँले भन्नुभयो, “त्यसका लागि किसान स्थानीय तह र अन्य सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।”

    सरकारले किसानलाई दिने अनुदान रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बजेट तर्जुमा कै समयमा विनियोजन गर्ने र स्थानीय तह, चिनी मिल, किसान र भुक्तानी समिति सबैले उखु किसानलाई अनुदान दिने कार्यविधि अक्षरस पालना गरे अनुदान भुक्तानीमा समस्या नआउने उहाँको भनाइ थियो ।

      बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली
      देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
      आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
      प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ६.
        नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा

      भर्खरै

      • १.
        दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

      • २.
        देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

      • ३.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • ४.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      • ५.
        आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

      • ६.
        प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      • ७.
        मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

      • ८.
        एमालेका केन्द्रीय नेता जिल्लामा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.