चितवनमा पहिलोपटक हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पूरा भएको छ । मेला एसवन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार) देखि नारायणगढमा हुन लागेको हो ।
Advertisement
मेलाको तयारी पुरा भएको आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ ।
उद्योग बाणिज्य संघ चितवनको परिषरमा हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी हालसम्म ३० वटा स्टल बुकिङ भएका छन् ।
तीन दिनसम्म चल्ने मेलामा १० हजारले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलाले निर्माण कम्पनी, निर्माण सामाग्री उत्पादक, घरजग्गा व्यवसायी, इन्जिनियर, उपभोक्ता सर्वसाधारण विद्यार्थीहरुलाई फाइदा पुग्ने विश्वास राखिएको छ ।