माडी–७, देबेन्द्रपुरस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकिय स्थान शनिधाममा सञ्चालन हुन लागेको शनि जयन्ति उत्सव तथा विविध सांस्कृतिक कार्यक्रम २०८२ को तयारी तिब्र पारिएको छ ।
Advertisement
भाेलि जेष्ठ १३ गते शनीधाम मन्दिर परिसरमा प्रमुख आकर्षको रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीको विशेष प्रस्तुति रहनेछ । कार्यक्रमकै अवसरमा हाम्रो मन्दिर राम्रो मन्दिरको अभियानमा सहयोग गर्ने १०० जना भन्दा बढी महानुभावहरुलाई सम्मान गरिने जनाइएको छ ।
साथै, उक्त दिन एलिना चौहान लगायत राष्ट्रिय कलाकारहरुद्धारा भजन, लोकगीत तथा माडीका धार्मिक क्षेत्रहरुलाई समेटेर रेकर्ड गरिएको माडी भजन सार्वजनिक गरिने युवा पण्डित सुदर्शन सुवेदिले जनाउनुभयो । #PRD820212