गैर आवासीय नेपाली संघ पोल्यान्ड (उज) को तेस्रो अधिवेशनबाट जिवन सिन्जाली मगर संयोजक, नयाँ कार्यसमिति गठन
Advertisement
पोल्यान्ड, उज – गैर आवासीय नेपाली संघ (NRNA) पोल्यान्डको क्षेत्रीय समिति उज (Lodz) को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जिवन सिन्जाली मगरको संयोजकत्वमा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिकाे सचिवमा मिन ब. विश्वकर्मा, सह-सचिवमा निशान ठकुरी, कोषाध्यक्षमा अकल राना मगर (प्रवेश) चयन हुनुभयाे । त्यस्तै, सदस्यहरूमा मन्दिरा वाइवा, भिम ब. पाण्डे, हरी प्रसाद लामीछाने चयन हुनुभयाे ।
नवगठित समितिलाई आगामी कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गरिएको छ । अधिवेशनले पोल्यान्डको लोज्ज क्षेत्रमा रहेका नेपालीहरूबीच एकता, सहयोग र समृद्धि प्रवर्द्धन गर्ने उद्देश्यले काम गर्ने प्रतिबद्धता जनाएको छ ।
