गैर आवसिय नेपालि संघ (एनआरएनए) पोल्याण्डको वर्ष २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ। अध्यक्षमा रिता तिवारी न्यौपाने निर्वाचित हुँदै, संस्थाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएकी छिन्।
नयाँ कार्यसमितिको उपाध्यक्षमा पवन खड्का (प्रथम उपाध्यक्ष) र विवश हाङ राई चयन भएका छन्। महासचिवमा उदयराज गिरि, सचिवमा विजय खरेल (विजु), कोषाध्यक्षमा युवराज वराल निर्वाचित भएका छन्।
महिला सचिव पदमा पदमा पाण्डे देवकोटा र युवा संयोजकमा मनिष कुमार दाहाल चयन भएका छन् भने महिला संयोजकको जिम्मेवारी सुस्मिता थापा तुलाधरलाई दिइएको छ।
सदस्यको रूपमा आशिष श्रेष्ठ, सुनिता लावति, अम्बिका हाङबाङ, नरेन्द्र सिँह धामी र विपिन पराजुलि चयन भएका छन्। लेखा समितिमा संयोजकका रूपमा कुल बहादुर श्रेष्ठ, सचिवमा झकेन्द्र सापकोटा र सदस्यमा टंक कटुवाल रहेका छन्।
नव निर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। एनआरएनए पोल्याण्डले आगामी दिनहरूमा समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
