स्याङ्जाकाे अर्जुनचौपारी गाउपालिका वार्ड नम्बर ६ स्थित श्री तमाखुबारी शिव मन्दिरमा डाइनामिक क्लब नेपाल को सक्रियतामा १०८ शिवलिङ्ग को निर्माण गरिएकाे छ ।
Advertisement
शिवलिङ्गकाे श्रावण महिना को सोमवार बिधिपुर्बक पुजा आजा हुँदै आइरहेको छ । हरेक सोमबारको दिन बिधिपुर्बक गरिने पुजामा समस्त भक्तजन हरुलाई सहभागी भई पुण्य लाभ गर्नुहुन शिव मन्दिर ब्यबस्थापन समिती का सचिव एवं डाइनामिक क्लब नेपाल का अध्यक्ष नारायण ढकालले अनुरोध गर्नुभएकाे छ ।
क्लबले हालसम्म नबग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सवमा निशुल्क चियापान बितरण , शिवलिङ्ग निर्माण, सार्बजनिक सौचालय निर्माण लगाएत का काम गर्दै आएको ढकाल ले बताउनुभयाे । #PRD820418