गत बैशाख २१ गते सञ्चालन भएकाे कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
Advertisement
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७% विद्यार्थी उत्तीर्ण भएका हुन् ।
त्यस्तै, ३८.८३% विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
बाेर्डले ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ ।