गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य सेवाका कार्यक्रम र सूचकमा कालिका नगरपालिका जिल्लामै प्रथम हुन सफल भएकाे छ ।
आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको मूल्याकंन गर्दा चितवन जिल्लाका ७ स्थानिय तहमध्ये कालिका नगरपालिका प्रथम हुन सफल भएकाे छ भने माडी नगरपालिका दाेस्राे र खैरहनि नगरपालिकाले तेस्रो स्थान हाँसिल गर्याे ।
जनस्वास्थ्य कार्यालय चितवनद्वारा गत कार्तिक २३ र २४ गते भरतपुरमा आयोजित आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रममा पालिकालाई प्रशंसा पत्र प्रदान गरिएकाे हाे ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेको अध्यक्षता रहेकाे थियाे भने जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेकाे थियाे । त्यस्तै, चिनवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारी, बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दिपक प्रसाद तिवारी लगायतकाे आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे । #PRD8207264
