विश्व हिन्दु युवा संघ, जिल्ला समिति चितवनले जिल्लाका निजी तथा संस्थागत विद्यालयहरूलाई क्रिसमस डेका दिन इसाई संस्कृतिसँग सम्बन्धित कार्यक्रम नगर्न आग्रह गरेको छ।
Advertisement
अध्यक्ष श्याम पौडेलद्वारा २०८२ मंसिर २३ गते जारी पत्रमा केही विद्यालयहरूले विगतमा बालबालिकालाई क्रिसमस मनाउन बाध्य पारिएको गुनासो आएको उल्लेख छ।
संघले यस वर्ष यस्ता गतिविधि नगर्न चेतावनी दिँदै विद्यालयहरूले आग्रह वेवास्ता गरे उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं विद्यालयकै हुने जनाएको छ। साथै, संघका स्वयंसेवकहरू अनुगमनका लागि जिल्लाभर परिचालित रहने जानकारी पत्रमा उल्लेख गरिएको छ।

