देवघाट गाउँपालिकाले आजदेखि बालमैत्री स्थानीय शासन सम्बन्धी गाउँपालिकास्तरीय दुईदिने बाल अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ।
Advertisement
देवघाट सिटी हलमा सुरु भएको कार्यक्रममा बालबालिकाका हक, हित र अधिकार कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा निर्माणाधीन संरचनाहरु बालमैत्री भए–नभएको अनुगमन, स्थानीय पाठ्यक्रममा बालमैत्री क्रियाकलाप समावेश गर्ने पहललगायतका विषय उठान गरिएका छन्।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष भुवनसिंह गुरुङको विशिष्ट आतिथ्यता रहेको थियो।
साथै विभिन्न सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो । दुईदिने उक्त कार्यक्रम भोलि सम्पन्न हुने जनाइएको छ।

