म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटका २० वर्षीय राजन पौडेलले ‘बेनी क्लिन लन्ड्री’ सञ्चालन गरी मासिक करिब दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।
Advertisement
आधुनिक मेसिनको प्रयोगबाट कपडा धुने, सुकाउने र प्रेस गर्ने सेवा दिँदै उनले बेनी र बागलुङमा दुई स्थानमा लन्ड्री सञ्चालन गरेका छन्।
पढाइसँगै व्यवसाय अघि बढाएका पौडेलका अनुसार सबै खर्च कटाएर पनि दैनिक पाँच हजार रुपैयाँभन्दा बढी बचत हुने गरेको छ। होम डेलिभरी सेवासहित इमानदार सेवाका कारण छोटो समयमा नै लन्ड्रीले राम्रो बजार पाएको छ।
उनको सफलताले विदेश जानैपर्छ भन्ने सोचलाई चुनौती दिँदै स्वदेशमै उद्यम गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

