राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सकिने बताउनुभएको छ ।
Advertisement
मंगलवार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राप्रपालाई पहिलो निर्णायक शक्ति बनाएर अघि बढाउनसके भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सामान्य रुपमा कठिन जस्तो लागे पनि राष्ट्रवादी शक्तिहरु एक भइरहेकाले यो असम्भव नरहेको बताउनु भयो । राप्रपामा समाहित हुने क्रम तिब्र रुपमा बढेर गएको बताउनु भयो ।
२०६२-२०६३ को राजनीतिक परिवर्तनपछि हामीले बोकेको राजसंस्थाको मुद्दा यतिबेला सबैभन्दा लोकप्रिय अवस्थामा पुगेको दाबी गर्नुभयो ।

