बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको चितवनको आधिकारिक बिक्रेता युरो मोर्टसले भरतपुरमा एक्स्चेञ्ज क्याम्प गर्दैछ ।
कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिषरमा एक्स्चेञ्ज क्याम्प गर्न लागेको हो ।
इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्स्चेञ्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए । क्याम्पमा जुनसुकै कम्पनीका गाडीसंँग सिजी मोर्टसका उत्पादासंँग साट्न सकिने छ ।
क्याम्पमा काया ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिनेछ । ‘भोलिको क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार पनि छ , बर्माले भने, यस्तै इभीमा म्याक्स कम्पनीको हेभि पिकअप पनि सार्वजनिक गर्दैछौं ।’ एक्स्चेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले बिशेष सहुलियत तथा अफर प्राप्त गर्न सक्ने निर्देशक बर्माले बताए ।
क्याम्पमा ग्राहकले काया ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ्ग, खरीद तथा एक्स्चेञ्ज गर्न सक्नेछन । बर्माका अनुसार शनिबार बिहान सांँढे १० बजेदेखि क्याम्प शुरु हुनेछ । क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ ।
काया ब्राण्डका गाडीहरु ग्राहकको रुचिमा पर्दै आएका छन । यस अघि युरो मोटर्सले सौराहामा एक्स्चेञ्ज क्याम्प राखेको थियो भने आइतवार कावासोतीमा एक्स्चेञ्ज क्याम्प राखिने कम्पनीले जानकारी दिएको छ ।

