नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा नजाने भएका छन्। आफूले उम्मेदवारी दिएको झापा ५ मा जाने कार्यक्रम ओलीले स्थगित गरेका हुन्।
Advertisement
भक्तपुर क्षेत्र नम्बर २मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका छन्।
काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो। तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेको एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।
