बर्लिन, जर्मनीस्थित नेपाली दूतावासले पोल्याण्डका विभिन्न शहरहरूमा गत जनवरी २०२६ मा सञ्चालन गरिएको घुम्ती शिविरमार्फत राहदानीका लागि आवेदन दिएका नेपाली नागरिकहरूको राहदानी वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
दूतावासका अनुसार (NRNA) र वार्सास्थित अवैतनिक नेपाली वाणिज्य दूतावासको समन्वयमा आगामी मार्च ७ देखि ९, २०२६ सम्म पोल्याण्डका तीन प्रमुख शहरहरूमा राहदानी वितरण गरिनेछ ।
राहदानी वितरण तालिका (स्थान र समय):
– ७ मार्च २०२६ | ०९:०० – १६:००
Wroclaw: Himalayan Restaurant, Gajowa 41a, 50-520
– ८ मार्च २०२६ | ०९:०० – १६:००
Łódź: Third Eyes Restaurant, Księcia Władysława Opolczyka 17
– ९ मार्च २०२६ | ०९:०० – १६:००
Warszawa: Everest Restaurant, Al. Jerozolimskie 123A
सेवाग्राहीले ध्यान दिनुपर्ने महत्वपूर्ण बुँदाहरू:
– पुरानो राहदानी अनिवार्य: नयाँ राहदानी लिन आउँदा हाल प्रयोगमा रहेको पुरानो राहदानी अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।
– स्वयं उपस्थित हुनुपर्ने: राहदानी संकलनका लागि आवेदक स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
– मन्जुरीनामाको व्यवस्था: विशेष कारणले स्वयं उपस्थित हुन नसक्ने अवस्थामा आवेदकको आधिकारिक मन्जुरीनामा र पुरानो राहदानीसहित प्रतिनिधि उपस्थित हुन सक्नेछन्। तर, एकै व्यक्तिले एकभन्दा बढी व्यक्तिको राहदानी संकलन गर्न पाउने छैन।
थप जानकारीका लागि सम्पर्क:
– श्री रन्जन यादव: +49 176 267 41207
– डा. बोधराज सुवेदी: +48 606 852 837
– श्री दीपेन्द्र अधिकारी: +48 729 423 638
दूतावासले सबै आवेदकहरूलाई आफ्नो पायक पर्ने स्थानमा समयमै उपस्थित भई राहदानी संकलन गर्न अनुरोध गरेको छ।
