प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषदमा चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सोबिता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।
Advertisement
भरतपुर महानगरपालिकाको दुई पटक नेतृत्व गरिसकेकी नेकपाकी नेतृ रेणु दाहाललाई भारी मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेकी गौतमलाई नयाँ सरकारमा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चितवन–३ मा उम्मेदवारी दिएकी गौतम ५९ हजार २७७ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रेणु दाहाललाई ३८ हजार ६६२ मतको फराकिलो अन्तरले पराजित गरेकी थिइन् । दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् ।
