अर्थ मन्त्रालयले ३० जना उपसचिवलाई सरुवा गरेको छ ।
Advertisement
अर्थ मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केहीलाई यस अन्तर्गतका काठमाडौँ उपत्यका बाहिर सरुवा गरिएको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार निर्णय गर्दै ती उपसचिवलाई अर्थ मन्त्रालय अन्तर्गतकै भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत अर्थ मन्त्रालय मातहतका कार्यालय र केहीलाई प्रदेशका कार्यालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
