सामुदायिक रेडियो माडी एफ.एम. १०७.६ मेगाहर्जको १५औं वार्षिक साधारणसभा माडी–५ रमाइलोडाँडास्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
Advertisement
साधारणसभाका अवसरमा पत्रकार तथा शिक्षक नारायण सापकोटालाई ‘हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
अक्षयकोषका संस्थापक तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले सापकोटालाई पुरस्कार प्रदान गर्नुभएको थियो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा रेडियोको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी योजनाबारे पनि छलफल गरिएको थियो।
