पोल्याण्डमा क्रियाशील किराती समुदायको साझा संस्था किरात राई यायोक्खा, पोल्याण्ड को हालै सम्पन्न भेलाबाट नयाँ पूर्ण कार्यसमिति चयन भएको छ। यससँगै संस्थाले नयाँ नेतृत्वसहित आगामी कार्यदिशा तय गरेको छ।
नवगठित कार्यसमितिमा संरक्षक सल्लाहकारका रूपमा बिबश हाङ्ग राई तथा सल्लाहकारमा जय प्रसाद राई र अनुराग देवान चयन हुनुभएको छ।
त्यसैगरी, कार्यसमितिका पदाधिकारीहरू यस प्रकार रहेका छन्:
अध्यक्षमा प्रकाश राई, उपाध्यक्षमा रचना राई र जीवन कुमार राई, सचिवमा पूर्ण सिं राई, सह-सचिवमा कला राई, कोषाध्यक्षमा संगम राई, सह-कोषाध्यक्षमा मेरिना राई र टेकराज राई चयन हुनुभएको छ।
सदस्यहरूमा दिबस दुमि राई, निशा राई, बिष्णु राई, मनाहाङ्ग रुङ्माहाङ्ग राई, अजिब राई तथा सुरेश राई रहनुभएको छ।
भेलामा सुमन कुमार राई, राज कुमार राई तथा अनिल रुङ्माहाङ्ग राईको पनि उपस्थिति रहेको थियो।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
संस्थाको भावी योजना र प्रतिबद्धता
नयाँ कार्यसमितिले प्रवासमा रहँदै पनि आफ्ना पुर्खाबाट प्राप्त अमूल्य सांस्कृतिक धरोहर—संस्कार, संस्कृति र ‘मुन्धुम’—को संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, पोल्याण्डमा रहेका सम्पूर्ण किराती समुदायलाई एकताबद्ध गर्दै आपसी सहकार्य, सद्भाव र सहयोगको भावना मजबुत बनाउने लक्ष्य लिइएको छ।
संस्थाले आगामी दिनहरूमा निरन्तर सम्पर्क, सहकार्य र संस्थागत उद्देश्य प्राप्तिका लागि एकजुट भई अगाडि बढ्ने संकल्प व्यक्त गरेको छ।
“हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै किरात राई यायोक्खा, पोल्याण्डलाई एक उदाहरणीय संस्थाको रूपमा स्थापित गर्ने दृढ अठोटसमेत व्यक्त गरिएको छ।
