नेपाल मगर संघ, केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त गर्जा मगरले नयाँ वर्ष वि.सं. २०८३ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
नेपाल मगर संघ, केन्द्रीय निर्वाचन समितिका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जा मगरले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा सामाजिक एकता र भाइचाराको कामना गर्नुभएको छ ।
उहाँ प्रधानाध्यापकका रूपमा श्री सेती गंगा आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्छ । साथै, नेपाल सितोरियो सोबुकान, तनहुँका उपाध्यक्षसमेत हुनुहुन्छ ।
शुभकामना सन्देशमा उहाँले नयाँ वर्षले सबैमा नयाँ उत्साह, सकारात्मक सोच र सामाजिक सद्भाव थप मजबुत बनाओस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

