माडी सांस्कृतिक तथा पर्यटन उत्सव २०८३ को सन्दर्भमा रेसखबर डटकम लगायत केहि सञ्चारमाध्यमले माडीका राजनैतिक दलहरुको फोटोसहित समाचार प्रकाशित भएपछि माडीका प्रमुख राजनैतिक दलहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।
रास्वपा माडी नगरकमिटि सभापति नारायण दत्त रिजाल, नेपाली काङ्ग्रेस माडी नगर सभापति कोमलनाथ भुषाल, नेकपा एमाले माडी नगर कमिटि अध्यक्ष नारायण प्रसाद अधिकारी र नेपाली कम्युनिष्ट पार्टी माडी नगर कमिटि अध्यक्ष भरत तिमिल्सिनाले संयुक्त विज्ञप्ती जारी गर्दै राजनैतिक दललाई जोडेर अध्यक्ष र सभापतिको फोटो नै सार्वजनिक गरेर बनाइएका अतिरञ्जित गतिविधिप्रति खेद प्रकट गर्नु भएको छ ।
आज बैशाख ६ गते एक विज्ञप्ती जारी गर्दै दलका प्रमुखहरुले राजनैतिक दलहरु कुनैपनि मेला महोत्सव गर्न स्विकृत दिने ठाउँमा नरहेको स्ष्ट पार्नुभएको हो । साथै, समाचार संप्रेषण गर्दा सत्य तथ्यमा हुन र माडीबासिलाई भ्रमको पछाडी नलाग्न समेत सचेत गराउनुभएको छ ।
यता, रास्वपा माडीका नेता रामचन्द्र लम्सालले माडीको मेला महोत्सवमा माडीको प्रचार प्रसार, पर्यटन प्रर्वद्धन हुनेगरि काम गर्न र जारी महोत्सवलाई आवश्यक सुधारसहित भव्य रुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेको स्पष्ट पार्नुभयो । तर रेसखबर डटकममा उल्लेख गरिएअनुसार आँफुले कसैलाई आरोप भने नलगाएको पारदर्शी अनलाइन डटकमलाई बताउनुभयो । #PRD830106
