माडी केन्द्रित अनलाइन सञ्चार माध्यम पारदर्शी अनलाइन डटकम स्थापना भएको आज (वैशाख १५) तीन वर्ष पूरा भएको छ। पारदर्शी अनलाइन प्रा.लि. २०८० वैशाख १५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको दिनलाई वार्षिकोत्सवका रूपमा मनाउँदै आएको हो।
Advertisement
अनलाइनका कार्यकारी निर्देशक अजित अधिकारी का अनुसार पारदर्शीले माडी सहित समग्र चितवनका खोजमूलक, परोपकारी, सचेतनामूलक, पर्यटन प्रवर्द्धन तथा जनगुनासासँग सम्बन्धित समाचारलाई प्राथमिकतामा राख्दै आएको छ।
वार्षिकोत्सवकै अवसर पारेर पारदर्शीले माडीका ९ वटै वडाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले स्टुडियोमा तस्बिर राख्ने अभियानसमेत सुरु गरेको जनाएको छ।
यस अवसरमा पारदर्शी अनलाइनले यहाँसम्म आइपुग्न सहयोग गर्ने सम्पूर्ण पाठक, शुभचिन्तक तथा अग्रज पत्रकारप्रति हार्दिक आभार व्यक्त गरेको छ।