माडी नगरपालिका–५ स्थित ब्रह्मपुरी र ढिकुरबारी जोड्ने रौतनी खोलामाथि बहुकोष्ठ (मल्टिसेल) बक्स कल्भर्ट पुल निर्माण सम्पन्न भएको छ।
बागमती प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय चितवनले निर्माण सम्पन्न गरेसँगै स्थानीयवासीलाई वर्षौंदेखिको आवागमन समस्या समाधान भएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार “कन्स्ट्रक्सन मल्टिसेल बक्स कल्भर्ट” निर्माण कार्य आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरिएको हो। करिब २ करोड ७२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त आयोजना माडी क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ।
वर्षायाममा रौतनी खोला उर्लिँदा आवतजावतमा कठिनाइ हुँदै आएको अवस्थामा पुल निर्माणपछि स्थानीय बासिन्दा, विद्यार्थी तथा कृषकलाई प्रत्यक्ष लाभ पुगेको छ। पुल सञ्चालनमा आएपछि ब्रह्मपुरी–ढिकुरबारी सडक खण्डमा यातायात सहज हुनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
