श्याम पौडेल
मेरो मानस पटलमा त्यो दृश्य अझै ताजा छ। प्रहरी सरकारी कर्मचारी र नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो CMT होटलको पार्किङ खचाखच थियो। मानिसहरु ओहोर दोहोर गरिरहेका थिए। म र विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष प्रेम गैरे लगायतका पाँच सात जना हिन्दु अभियन्ताहरु होटलको लबीमा बसिरहेका थियौं। मानिसहरू आउने जाने क्रम जारी थियो।
मैले कांग्रेस चितवनका सभापति दाजु राजेश्वर खनालसँग चितवनका हिन्दू अभियन्ताहरु शेरबहादुर दाईलाई भेट्न चाहन्छन् आवश्यक चाँजोपाजो मिलाइदिनुहोला भनेको थिए।दुई तीनपटक फोन गरिसकेको थिएँ सायद व्यस्त भएर होला सभापती ज्यु को फोन उठेको थियन त्यही बेला काङ्ग्रेस नेता मिलनबाबु श्रेष्ठ दाजु बाहिर आयको देखे उहाँ सङ्ग हामी आउनाको कारण भने । एकछिनमा समय मिल्ने खबर पाए । हाम्रो समूह लबीमै पर्खिरह्यो।
युवा पाका नेता नेत्रीहरू बुढानिलकण्ठको दर्शनमा जुटे जसरी
जय नेपाल जय नेपाल भन्दै भित्र बाहिर गरिरहेको दृश्य मेरो मानस पटलमा अझै ताजै छन्। कहिले ताम्रकार समूह कहिले राई समूह कहिले गुरुङ समूह त कहिले अनेक समूहमा आफ्नो तामझाम सहित सभापति शेरबहादुर देउवालाई भेट्न लावा लस्कर लागेकै थिए।
पार्टी थियो सत्ता थियो शक्ति थियो र पो शेरबहादुर थिए। त्यही युवाहरूको भिडमा तरुणहरूको भीडमा मैले एउटा अग्लो कदको चितवन तरुण दलमा पालिकातिर हारेका एक युवा देखे कांग्रेस पार्टी तरुण दल र सिंगो संगठनकै ज्ञाता सम्झने ती युवाको उठबस भित्री बाहिरी गरेको देख्दा लाग्थ्यो उनी शेरबहादुर दाईकै खास मान्छे हुन ।
कहिले शेरबहादुर दाइका स्वकिय सचिव भानु देउवा कहिले कांग्रेस नेता दिर्घमान श्रेष्ठ कहिले मिलन बाबु श्रेष्ठ त कहिले जिल्ला सभापति राजेश्वर खनालका वरिपरि घुमिरहेको देख्दा लाग्थ्यो उनी चितवन कांग्रेसका सिपाही हुन्।
एकैछिनपछि आदरणीय बिनु रायमाझी भाउजु भित्र बस्नुभयो
सायद मिलन दाईलाई भन्नुभएछ क्यारे हामीलाई भित्र
भेट्न बोलाउनुभयो। चितवन कांग्रेसका अग्रज नेता प्रकाश अधिकारी शेरबहादुर दाईको छेउमै हुनुहुन्थो जिल्ला सभापती ज्युले शेर बहादुर दाइसङ्ग हाम्रो परिचय गराउनुभयो। शेरबहादुर दाईले हाम्रो अभियान बारे जानकारी रहेको बताउँदै अघिल्लोपटकको भेटमा पनि हाम्रो कुरा भएको प्रसङ्ग कोट्याउनुभयो।
ॐकार अंकित झण्डा र रुद्राक्ष मालाबाट शेरबहादुर दाईलाई सम्मान गरिसकेपछि हामीले हाम्रो अभियानको बारेमा जानकारी गरायौ । एकैछिन बहस चल्यो। आफू क्षेत्री जातको भएको र धर्मरक्षाको जिम्मेवारी पनि भएको बताउँदै उहाँले पार्टीको फोरममा खुल्ला बहस चलाउने आश्वासन दिनुभयो शेरबहादुर दाई चलाख भनौ वा कसैले मेरो बारेमा उहाँलाई जानकारी दियो त्यो मलाई थाहा भएन तर पनि मेरो पारिवारिक तथा ब्यबसायिक अव्स्था बारे बुझ्नुभयो। त्यसपछि बल्ल राजेश्वर दाईले हाम्रो अभियान बारे बताउनुभयो ।
देशकै ठूलो पार्टीका नेता पूर्व प्रधानमन्त्री त्यति मात्र नभएर लोकतन्त्र स्थापनाको लागि जीवनभर संघर्ष गरेका देउवाबाट यति कुरा हुँदा हामीलाई पनि खुसी नै लाग्यो निस्कने बेला उहाँको स्वकीय सचिवले डायरीमा टिपेर हामीले बहस चलाउँछु भन्दा छाती फराकिलो बन्यो हामी निस्केपछी लबिमै बस्यौ । केही तरुण युवाहरू लबीमै थिए।
युवाले शेरबहादुर दाईको खुलेर प्रशंसा गर्दा हामीलाई पनि खुसी नै लाग्यो । केही समयपछि राजनीतिले बाटो फेर्यो नव युवाहरूले आन्दोलन गरे सत्ता सरकार व्यवस्था नै संकटमा पर्यो। पार्टीका नेताहरूका घर जलाइयो नेताहरूको हुर्मत लिए ।
अखबारभरि नेता कुटिएका खबरहरु छ्यापछ्याप्ती भए फेसबुकमा पानाहरुमा पुराना नेताहरुलाई हातपात गरेको घर जलाइएको लखेटेका तस्बिरहरु छ्यापछ्याप्ती आउन थाले ती तस्बिरहरुमा एक तरुणको कडा कडा टिप्पणी सहित स्टाटस लेखेको देखे हेरे पात्र उही थियो जुन पात्र नेता श्रेष्ठसँग पद माग्न बालकृष्ण दाई रमेश दाई प्रकाशरण दाईका घर घरमा पुगेको पात्र थिय शेरबहादुरका ढोकामा सम्म पुगेको पात्र उमेश श्रेष्ठको चुनावी प्रचारमा बाइकमा तेल हालेको पात्र वार्डमा लगेको चुनावी खर्च घोटला गरेको पात्र अचम्म लागिरहेको थियो मानिस कतिसम्म स्वार्थी हुँदा रहेछन् ।
हिजो उसको प्रशंसाका पात्र शेरबहादुर थिए। समय बित्दै गयो पार्टीको विशेष महाधिवेशनको ढोङठोकियो। पार्टी अपहरणमा पर्यो। त्यही पात्रले अग्रपंक्तिमा आफू परिवर्तनकारी भएको फोटो पोस्टायो देशमा चुनाव भयो उ प्रचारमा देखिएन भोट माग्ने ठाउँमा देखिएन मैले खोजिरहे पार्टी चुनावमा हार्यो अनि तथानाम लेख्न थाल्यो पार्टीलाई पुराना नेताहरूले हराए रे। अन्तर्घात भयो रे देशमा नयाँ सरकार बन्यो आफ्नो थरको नेता सफल भएकोमा गदगद भएर फेसबुकभरि रंगायो। फेरि आजभोलि पुरानो नेता अग्रजहरुलाई तथानाम गाली गरिरहेको देख्छु ।
हिजो त्यही पात्रले भन्थ्यो शेरबहादुर इज शेरबहादुर अहिले उसले बीपीको वंशलाई गाली गर्छ। गणेशमानको वंशलाई गाली गर्छ। निधिको वंशलाई गाली गर्छ। गरिरहन्छ उसको भाषामा प्रष्ट छ उसले अग्रज रुचाउँदैन उसले बाहरु रुचाउँदैन। उसले अभिभावक रुचाउँदैन उसको भाषामा अभिभावक अथवा अग्रज अथवा बुढा बाहरु अब फासी चड्नु पर्छ किनकि अब त दाइको शासन आइसक्यो त्यसैले बाहरु अब फाँसी चढ भनेर धम्क्याउने गर्छ । उसले चाहन्छ बाहरूको सम्मान होइन बाहरुको बध गर्नुपर्छ।
उसले चाहन्छ बाहरु बाँच्नु हुँदैन जबरजस्ती आत्महत्या गर्नुपर्छ।
किनकि ऊ थापाकाजिबाट निर्मित अल्गोरिदमको सेवक थियो । ए मूर्ख बाहरु लखेटेर पार्टी सुध्रिदैन दाइको भजन गाएर पार्टी बन्दैन बन्ने भए यही निर्वाचनमा पार्टी १००पारको सङ्ख्यामा हुन्थ्यो। दाई प्रधानमन्त्री भइसक्थे । देशको पहिलो पार्टीको हालत यस्तो हुने थिएन। हिजो शेरबहादुर दाई तिम्रा साहसिक दाइ थिए उनीसँग पार्टीको सत्ता थियो। सरकार थियो।
र पो तिम्रा दाइ थिए आज शेरबहादुर दाइहरूसँग पार्टी छैन सत्ता छैन सरकार छैन अनि तिमी जस्ता जुकाहरुलाई दिने पैसा छैन तिमीहरूका झोलामा हालिदिने पद छैन। त्यसैले त भन्छौ अब बाहरू र अग्रज दाइहरूको काम छैन।






