नेपाल मगर संघ १ नम्बर प्रदेश समितिले नेपाल मगर संघ केन्द्रीय समितिको प्रभावकारी सञ्चालन तथा संगठन सुदृढीकरणका लागि रचनात्मक सुझाव दिएको छ।
प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा नेपाल मगर समुदायको साझा संगठनलाई थप प्रभावकारी, व्यवस्थित र सशक्त बनाउन आवश्यक विषयमा छलफल गर्दै सुझाव प्रस्तुत गरिएको हो। कार्यक्रममा स्वागत तथा आतिथ्यताका लागि प्रदेश समितिप्रति धन्यवाद व्यक्त गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय अध्यक्ष रक्छा रैका मगर रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष टेकबहादुर नाम्जाली मगर, उपाध्यक्षहरू कबिराज मगर, तेजकुमार मगर र सीता राना मगर, महासचिव होमराज खपाङी मगर, उपमहासचिवद्वय सिद्धान्त गर्जा मगर र हिरुसरा मगर तथा निर्वाचन समिति संयोजक तेजबहादुर मगरलगायतको उपस्थिति थियो।
कार्यक्रममा संगठनको आगामी कार्यदिशा, संस्थागत सुदृढीकरण र मगर समुदायको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल भएको थियो।
