चितवनको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय, भरतपुर–१० ले शैक्षिक सत्र २०८३ का लागि नयाँ विद्यार्थी भर्ना खुला गरेको छ। विद्यालयले नर्सरीदेखि कक्षा ८ सम्म सीमित सिटमा नयाँ भर्ना लिन थालेको जनाएको छ।
विद्यालयले वैशाख १५ गतेदेखि नै नयाँ भर्ना खुला गरेको हो। भौतिक पूर्वाधारयुक्त तथा सुविधासम्पन्न वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार SEE मा ४ GPA सहित निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था, वार्षिक कार्ययोजनाअनुसार शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, कम्प्युटर ल्याब, सीसी क्यामेरासहित कक्षाकोठामा स्मार्ट बोर्डको व्यवस्था लगायतका सुविधा उपलब्ध छन्।
त्यस्तै, विद्यार्थीको क्षमता र रुचिअनुसार अतिरिक्त कक्षाको सञ्चालन, कक्षा ११ तथा कक्षा ८ देखि कक्षा १२ सम्म नेपाली माध्यम तथा समानान्तर कक्षाको व्यवस्था, निःशुल्क पुस्तक, पोसाक, टाई, बेल्ट तथा परिचयपत्र उपलब्ध गराउने व्यवस्था रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा भौतिक पूर्वाधारसहितको सुविधासम्पन्न भवन, पर्याप्त खेलमैदान तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक संरचना समेत रहेको छ। विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै अध्ययनसँगै खेलकुद, कला तथा अन्य सिर्जनात्मक गतिविधिमा समेत सहभागी गराउने विद्यालयको लक्ष्य रहेको छ।
विद्यालयले चितवन मेडिकल कलेज (CMC) मा उपचारका लागि विद्यार्थीलाई २५ प्रतिशत छुट तथा अभिभावकलाई २० प्रतिशत छुट उपलब्ध हुने व्यवस्थासमेत रहेको जनाएको छ।
विद्यालय प्रशासनले सीमित सिटमा मात्र भर्ना लिइने भएकाले आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न चाहने अभिभावकलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
