देवघाटधामस्थित महेश सन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र तथा पुस्तकालयलाई नेपाली सेनाले २५ हजार पुस्तक अट्ने क्षमताको आधुनिक पुस्तकालय र्याक हस्तान्तरण गरेको छ।
Advertisement
नेपाली सेनाको शीघ्र प्रभावी योजना (QIPs) अन्तर्गत श्री नयाँ सबुज गणले निर्माण गरेको र्याक सोमबार आयोजित कार्यक्रममा श्री नं. ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विक्रम गुरुङले आश्रमका अध्यक्ष स्वामी रमाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो।
सेनाले उक्त सहयोगले ऐतिहासिक, धार्मिक तथा लोपोन्मुख पुस्तकहरूको संरक्षण, संवर्द्धन र अध्ययन–अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने जनाएको छ। देवघाटको धार्मिक तथा ऐतिहासिक महत्वलाई थप उजागर गर्दै यस योजनाले नागरिक–सैनिक सम्बन्धलाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
