विश्व वातावरण दिवस २०२६ को अवसरमा नवलपुरको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्यार्थीहरूले रत्ननगर–१० स्थित शुभारम्भ एकेडेमीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्।
BCA र BBA संकायका विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। कार्यक्रम शुभारम्भ एकेडेमीका प्राचार्य पशुपति उपाध्यायको समन्वयमा आयोजना गरिएको हो।
प्राचार्य उपाध्यायले वातावरण संरक्षणलाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिँदै विद्यालयमा प्रत्येक विद्यार्थीले जन्मदिनमा एक बिरुवा रोप्ने अभ्यास रहेको जानकारी दिनुभयो। विद्यार्थी प्रतिनिधि सम्पदा ढकालले वातावरण संरक्षणलाई वर्षभरि निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।
वृक्षारोपण कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै हरित वातावरण निर्माणमा सकारात्मक योगदान पुर्याएको आयोजकले जनाएको छ।
