चितवनको इच्छाकामना गाउँपालिका–७ खगेडीखोला क्षेत्रमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले पाँच वटा सवारी साधनलाई कारबाहीमा परेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हिजो सो क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले २७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जाँच गरेकोमा पाँच वटा ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि इच्छाकामना गाउँपालिकामा पठाएको थियो ।
कारबाहीमा परेका प्रत्येक ट्र्याक्टरलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिए ।
