लिबर्टी युवा क्लब माडी–३ इनारबरुवामा आयोजित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल ‘ए’ उपाधि किरण राई र योगेन्द्र विश्वकर्माको जोडीले जितेको छ।
Advertisement
आइतबार सम्पन्न फाइनलमा उनीहरूले बिरु चौधरी र विवेश चौधरीको जोडीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भए। सन्देश बराल र विश्वनाथ महतोको जोडी तेस्रो स्थानमा रह्यो।
लेभल ‘बी’ तर्फ अक्ष महतो र अभ्यास महतोको जोडी प्रथम, ईश्वर रिजाल–गौरव मोक्तान द्वितीय तथा जितेन्द्र महतो–सञ्जय महतो तृतीय भए।
लिबर्टी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा माडी नगरभित्रका २२ टोली सहभागी थिए। प्रतियोगितामा आयुष महतो ‘इमर्जिङ प्लेयर’ र रामलाल महतो ‘भेट्रान प्लेयर’ घोषित भए।
विजेता खेलाडीलाई माडी नगरपालिकाकी ताराकुमारी काजी महतो तथा माडी ब्याडमिन्टन संघका अध्यक्ष अशोक कार्की ले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
