देवघाट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालयका सूचना प्रविधि (IT) स्रोत शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ५ दिने सूचना प्रविधिसम्बन्धी क्षमता विकास तालिम आजदेखि सुरु भएको छ ।
विद्यालय शिक्षामा प्रविधिको प्रभावकारी प्रयोग बढाउने, शिक्षक तथा कर्मचारीलाई डिजिटल प्रविधिसँग थप दक्ष बनाउने र शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त तालिम जेठ २७ गतेदेखि सुरु भई जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
तालिम अवधिभर सहभागीहरूलाई सूचना प्रविधिको आधारभूत ज्ञान, डिजिटल उपकरणको प्रयोग, शैक्षिक प्रविधिको प्रभावकारी उपयोग, अनलाइन प्रणाली, सूचना व्यवस्थापन लगायतका विषयमा व्यवहारिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिने जनाइएको छ ।
शिक्षण सिकाइ प्रक्रियालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन यस्ता क्षमता विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विद्यालयमा प्रविधिको पहुँच र प्रयोग विस्तारसँगै शिक्षक तथा कर्मचारीको प्राविधिक दक्षता अभिवृद्धि गर्न गाउँपालिकाले निरन्तर यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।
देवघाट गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार, प्रविधिको समुचित प्रयोग र आधुनिक सिकाइ वातावरण निर्माणका लागि तालिम तथा क्षमता विकास कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ ।
