नेकपा सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्टहरू कुनै पनि परिणामबाट निराश नभई त्यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
Advertisement
नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान अवस्था निराशा र सम्भावना दुवै पक्षबाट हेर्नुपर्ने बताए । उनले वास्तविकता पहिचान गरेर समस्या समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए ।
नेपालले पछिल्ला निर्वाचनका परिणामले पार्टीलाई आत्मचिन्तन र मन्थनको अवसर दिएको उल्लेख गर्दै संगठनलाई विचार, कार्यशैली र व्यवहारमा प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले कम्युनिस्ट आन्दोलन विभिन्न उतारचढाव पार गर्दै अघि बढेको भन्दै चुनौती सामना गर्दै नयाँ इतिहास निर्माण गर्न सकिने धारणा राखे ।
