नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् ।
संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो ।
आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा।प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा उपचार भइरहेको छ ।
नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसु सिंह मल्लले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
डा. मल्लले सरकारले चिकित्सकहरूको माग यथाशीघ्र सम्बोधन गरे आन्दोलन पनि तत्काल फिर्ता हुने बताए । उनले भने, ‘सरकारले जति छिटो माग पुरा गर्दिन्छ त्यति नै चाँडै आन्दोलन बन्द हुन्छ । सरकारलाई आग्रह छ की छिटो भन्दा छिटो दोषीलाई समातेर कानुनी दायरामा ल्याउन कानुनी कारबाही गर्ने आग्रह गर्दछौँ ।’
उनले चिकित्सकमाथि भएको घटनाको विरोधमा जारी आन्दोलनअन्तर्गत देशभरका अस्पतालमा ओपिडी सेवा बन्द गरिएको बताए । हाल देशव्यापी रूपमा ओपिडी सेवा बन्द रहेको छ भने नारायणी अस्पतालमा इमरजेन्सी सेवा समेत ठप्प रहेको उनले जानकार दिए । उनले घटना भएको ३/४ दिन बितिसक्दा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
