हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुरले आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ५९ लाख ३२ हजार ९५६ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
संस्थाको ३१ औं वार्षिक साधारण सभा अन्तर्गत बसन्तपुर सेवा केन्द्रको इकाइ सभामा प्रस्तुत प्रगती प्रतिवेदन अनुसार कुल आय १० करोड ९० लाख ८८ हजार र कुल व्यय ७ करोड ३१ लाख रहेको छ । त्यस्तै, पुँजी तथा दायित्व रु. १ अर्ब ४९ करोड ६६ लाख ४८ हजार ८५६ रहेको उल्लेख छ । भने, संस्थाको लगानीमा रहिरहेको ऋण ९८ करोड ४४ लाख १० हजार १२२ रहेको छ ।
वि.संं. २०५७ साल माघ ७ गते स्थापना भएको सहकारीमा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कुल ११,११६ जना शेयर सदस्य रहेका छन् । जसमध्ये ६ हजार ३४७ महिला र ४ हजार ७४६ जना पुरुष सदस्य रहेको उल्लेख छ । माडीको बसन्तपुर सेवाकेन्द्रमा ४४० जना शेयर सदस्य रहेका छन् ।
माडी नगरपालिकाको नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण प्रसाद उपाध्यायको अध्यक्षता रहेको थियो ।
