नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तरगत चितवन क्षेत्र नं.१ को सभापतिमा प्रलाद सापकोटा निर्वाचित भएका छन् ।
Advertisement
मंगलबार रातिसम्म मतगणनामा सापकोटा ७०३ मतका साथ क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । सापकोटा यसअघि कांग्रेस रत्ननगर नगर सभापति थिए ।
उनी हाल रत्ननगर नगरपालिकाका मेयर समेत हुन् । सापकोटाका प्रतिस्पर्धी दिवाकर अर्यालले ४४३ मत प्राप्त गरे । यस्तै सचिवमा ५७८ मतका साथ विवेक पाण्डे निर्वाचित भए । उनका प्रतिस्पर्धी टिकाराम तिमिल्सिना ५२६ मत प्राप्त गरे ।
यस्तै खुल्ला सह–सचिवमा ४११ मतसहित गणेश थपलिया निर्वाचित भएका छन् । महिला सहसचिवमा भने गीता दाहाल ५६६ मतसहित निर्वाचित भइन् । उनको प्रतिस्पर्धी बासना तिमिल्सिना ५१० मत प्राप्त गरिन् ।
