चितवन उद्योग संघको ३५औँ वार्षिक साधारणसभामा सञ्चार अधिकृत राजु भट्ट उत्कृष्ट कर्मचारी अवार्डबाट सम्मानित भएका छन्।
असोज २६ गते आयोजित साधारणसभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र संघका अध्यक्ष मदन घिमिरेले भट्टलाई अवार्ड प्रदान गरेका हुन्।
Advertisement
सभामा रत्ननगर समिति सर्वोत्कृष्ट घोषित हुँदै अध्यक्ष सुवासचन्द्र गौतमसहितको कार्यसमिति सम्मानित भएको छ। त्यस्तै, औद्योगिक प्रदर्शनी तथा अटो शो प्रवर्द्धनमा योगदान पुर्याउने चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र डेरी एक्स्पो आयोजना गर्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई पनि सम्मान गरिएको छ।
यसैबीच, अतिथिको मायाको चिनोमा हुने खर्च कटौती गरी माडी नगरपालिकामा चेपाङ विद्यार्थीलाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्दै आएको मनमोहन बालग्रामलाई ३५ हजार ५३५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
